राजनीति

मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने, यी हुन् एकीकृत समाजवादीका निर्णय

११ असार २०७९, शनिबार १४:०६
मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने, यी हुन् एकीकृत समाजवादीका निर्णय

११ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्त्रीमा सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बताए ।

वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उनले बताए । बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्