राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

११ असार २०७९, शनिबार ०५:०३
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ।

हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस्