मुख्य समाचार

पूर्व मुख्यमन्त्री शाहीद्धारा शुभकालिका गाउँपालिकाको गाउँ सभाको उद्घाटन

१० असार २०७९, शुक्रबार ०९:२४
पूर्व मुख्यमन्त्री शाहीद्धारा शुभकालिका गाउँपालिकाको गाउँ सभाको उद्घाटन

१० असार, काठमाडौं । शुभकालिका गाउँपालिकाको आठौं गाउँ सभाको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्वारा कार्यक्रम उद्घाटन गरेका छन् ।

गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य (अनिल) को अध्यक्षतामा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री शाहीको प्रमुख अतिथिमा कार्यक्रम उद्घाटन भएको छ ।  कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष धर्मकला शाही रहेकी छिन् ।

गाउँपालिकाले यो वर्ष पनि बजेटको प्रभावकारी बनाउने छौँ । यो आर्थिक वर्षमा पनि जनमुखी बजेट ल्याउने गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताए । गाउँ सभाले गत वर्षको बजेट तथा कार्यक्रम भन्दा अझै लोकप्रिय बजेट प्रस्तुत हुने अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री शाही,  बिशेष अतिथि माओवादी केन्द्र जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईं(शैलेन्द्र), विशेष अतिथि गाउँपालिका उपाध्यक्ष शाही ,नेपाली कांग्रेस जिल्ला उपसभापति नन्दबहादुर शाही (घमन), नेपाल कम्युनिस्ट पाटी समाजवादीका जिल्ला सचिव तथा पुर्व गाउँपालिका अध्यक्ष खडान्नद चौलागाईं, पुर्व उपाध्यक्ष पम्फा शाही ,जिल्ला समन्वय सदस्य अविसरा कुमाल ,माओवादी केन्द्र का नेता प्रदेश सदस्य जयबहादुर महतारा, नेता महारुद आचार्य ,समाजवादीका नेता पुष्पराज आचार्यलगायतका नेता कार्यकता उपस्थिति रहेका थिए ।

शुभकालिका गाउँपालिकाको गाउँ सभाको पुर्व सन्ध्यामा जनतासंग बजेट बारे सन्तुलन बनाउन पार्टी र सरकारले निर्देशन लगायत बिषयमा छलफल भएको माओवादी केन्द्र कालिकोटका जिल्ला समन्यव समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र)ले बताए।

प्रतिक्रिया दिनुहोस्