समाचार

प्रधानमन्त्री देउवा लुम्बिनीमा

१० असार २०७९, शुक्रबार ०६:२२
प्रधानमन्त्री देउवा लुम्बिनीमा

१० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार लुम्बिनी आएका छन् ।

स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई विद्यार्थीलाई दीक्षित गर्न प्रधानमन्त्री देउवा लुम्बिनी जान लागेका हुन् । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यले जानकारी दिए । यसअघि बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न देउवा लुम्बिनी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्