समाचार

पेट्रोलियम पदार्थमा कर हटाउन शेखर कोइरालाको सुझाव

१० असार २०७९, शुक्रबार ०६:१०
पेट्रोलियम पदार्थमा कर हटाउन शेखर कोइरालाको सुझाव

१० असार, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।

‘जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने कर घटाउनुपर्छ,’ उनले आज ट्वीट गर्दै भनेका छन्।

उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् । कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस।’

प्रतिक्रिया दिनुहोस्