समाचार

प्रदेश पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद बस्तु फेला

१० असार २०७९, शुक्रबार ०३:०६
प्रदेश पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद बस्तु फेला

१० असार,झापा प्रदेश–१ का पूर्व आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीको झापा गौरादहस्थित घर अगाडि शंकास्पद बस्तु फेला परेको छ ।

शुक्रबार बिहान  साढे ५ बजे घरको मूल गेट नजिक कुकर बम जस्तो देखिने वस्तु भेटिएको कार्कीले बताएका छन्। झापाको गौरादह नगरपालिका- ३ मा रहेको आफ्नै घरमा शंकास्पद वस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिसकिएको कार्कीले बताए।

शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्