समाचार

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास

९ असार २०७९, बिहीबार १२:१६
मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास

९ असार, काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास गरेकी छिन् ।

पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौँको थापाथलीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन क्षमता रहने बताइएको छ ।

कार्यक्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नखोजे भावी पुस्ताले समेत समस्या भोग्न सक्ने बताइन्। फोहरलाई स्रोतमा वर्गीकरण गरेर लानुपर्नेमा फोहोर व्यवस्थापन गर्नका लागि अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्