राजनीति

तिलागुफा नगरपालिकामा जनपक्षीय बजेट सम्बन्धि छलफल सम्पन्न

९ असार २०७९, बिहीबार १२:०४
तिलागुफा नगरपालिकामा जनपक्षीय बजेट सम्बन्धि छलफल सम्पन्न

९ असार कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा जनपक्षीय बजेट निर्माण सम्बन्धि छलफल सम्पन्न भएको छ ।

तिलागुफा नगरपालिकाको लगतै हुने नगर सभाको पुर्व सन्ध्यामा जनतासंग बजेट बारे सन्तुलन बनाउन पार्टी र सरकारले निर्देशन लगायत बिषयमा छलफल भएको माओवादी केन्द्र कालिकोटका जिल्ला समन्यव समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र)ले बताए।

बजेट छलफलमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र बहादुर शाही, संयोजक शैलेन्द्रलागायत नेता कार्यकर्ता उपस्थिति रहेका छन् ।

साथै माओवादीबाट निर्वाचित जनप्रतिनिधिले निस्वार्थ रुपले जनताको हितमा काम गर्ने पूर्व मुख्यमन्त्री शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्