राजनीति

माओवादी केन्द्र कालिकोट पार्टी कार्यालयमा जनपक्षीय बजेट सम्बन्धि छलफल प्रारम्भ

८ असार २०७९, बुधबार ०४:४६
माओवादी केन्द्र कालिकोट पार्टी कार्यालयमा जनपक्षीय बजेट सम्बन्धि छलफल प्रारम्भ

८ असार कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा जनपक्षीय बजेट निर्माण सम्बन्धि छलफल प्रारम्भ भएको छ । बजेट छलफल बिहान ९ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरु भइरहेको छ ।

बजेट छलफलमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र बहादुर शाही, माओवादी केन्द्र कालिकोटका जिल्ला समन्यव समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र), माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा माओवादी केन्द्र कालिको सह- इञ्चार्ज नेतृ यसुदा न्यौपाने (पुर्णिामा) र जिल्ला समन्वय समितिको प्रमुखमा धनजित शाही (आदर्श) लागायत नेता कार्यकर्ता उपस्थिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्