समाचार

स्वास्थ्य, शिक्षा सडक र पर्यटनलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ: उपाध्यक्ष अल्किना बम

७ असार २०७९, मंगलवार ०६:५४
स्वास्थ्य, शिक्षा सडक र पर्यटनलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ: उपाध्यक्ष अल्किना बम

७ असार कालिकोट । पचालाझारना गाउँपालिकाको विकासका र समृद्धको लागि स्वास्थ्य, शिक्षा सडक र पर्यटनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उपाध्यक्ष अल्किना बम (कबिता)ले बताएकी छिन् ।

उपाध्यक्ष बमले भनिन् ” एक देखि एमबीबीएससम्म निशुल्क पढ्ने व्यस्था गरेको छु । साथै महिला अभिमुखीकरण कार्यक्रम, स्वरोजगार तालिम, खेलकुद, स्वास्थ्य शिक्षा लगायत धेरै योजना बनाएको छु । त्यस्तै महिला तथा दलितलाई छात्रवृत्ति र उच्च शिक्षाको व्यस्था गर्ने, मुख्यगरि समाजमा पछि परेका बर्ग दलित महिलालाई उचित न्याय दिने उपाध्यक्ष बताएका छन् ।

भोलि गाउँपालिकाले नीति तथा कार्यक्रममा ल्याएर आउदै छ । कति संशोधन हुन्छन् वा हुँदैनन् ।  अघिल्लो सरकारले अधुरो गरेको काम टेकेर पुनः काम संचालन ल्याउने बताएकी छिन ।

साथै पचाल झरनालाई पर्यटन गन्तव्य पनि राम्रो लक्ष्य रहेको छ । यसको लागि बजेट विभाजन भइसकेको छ । अब यसलाई कसरी लैजाने हामी भनेर नीति तथा कार्यक्रममा ल्याएर आउदै छौँ  ।

प्रतिक्रिया दिनुहोस्