राजनीति

पलातालाई नमुना गाउँपालिका बनाउने पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही

७ असार २०७९, मंगलवार ०३:२६
पलातालाई नमुना गाउँपालिका बनाउने पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही

७ असार कालिकोट । नेकपा माओवादी केन्द्र कालिकोट पलातागाउँपालिकाद्वरा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भने पलातालाई नमुना गाउँपालिका बनाउने बताएका छन् ।

निर्वाचित जनप्रतिनिधिद्वारा पूर्व मुख्यमन्त्री शाहीलाई स्वागत गरिएको थियो । साथै गाउँपालिका प्रमुख बिष्णु बहादुर रोकायाका अनुसार निर्वाचित जनप्रतिनिधि र पार्टी बीच गरिने अन्तरक्रिया कार्यक्रममा पुर्व मुख्यमन्त्रीसहित माओबादी सदस्य यसोदा न्यौपाने, कर्णाली प्रदेश कमिटि सदाय खड्गराज सेजुवाल र पलाता इन्चार्ज मन बहादुर भण्डारीलगायतका नेता कार्यक्रममा उपस्थित थियो ।

उक्त कार्यक्रममा बोल्दै पुर्व मुख्यमन्त्रिले भने ‘ केहि कार्यकर्ताहरुको प्रतिद्वन्द्वी भएका कारण भूमिका निवार्ह गरे पनि धेरै अवसरवादीहरु असफल भएको उनले जिकिर गरेका छन् । यस्ता खालका समस्याहरु फेरी नदोहोर्याउन शाहीले आग्रह गरेका छन् ।

साथै पलातामा विजय भएका जनप्रतिनिधिलाई नमुना गाउँपालिका बनाउन सुझाव दिएका छन् । विकास गर्न पहिला जस्तो अहिले कठिन छैन । विकास निर्माणका काममा पार्टी गत स्वार्थलाई परराखी सबैले सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्