समाचार

गाउँपालिकाले किसानलाई सीपमूलक तथा स्वरोजगार बनाउन स्याउका चाना र जुस बनाउने कार्यक्रम सुरु

७ असार २०७९, मंगलवार ०२:५२
गाउँपालिकाले किसानलाई सीपमूलक तथा स्वरोजगार बनाउन स्याउका चाना र जुस बनाउने कार्यक्रम सुरु

७ असार कालिकोट । पचालाझारना गाउँपालिकाले किसानलाई सीपमूलक र स्वरोजगार बनाउन गाउँ बसीलाई स्याउका चाना र जुस बनाउन औपचारिक रुपमा सुरुवात गरेको छ । गाउँपालिकाले जिल्लामा पहिलो चोटी संचालन गर्दै छ ।

यस कार्यक्रम पुरुषलाई भन्दा महिलालाई हितको लागि रहेको छ  । साथै अघिल्लो वर्षा गाउँपालिकाले स्विटर तथा टोपी बनाउने कार्यक्रम ल्याएको थियो ।

बिकास तथा उद्योगको कार्यालय पचालाझारनावडा ८ मा राखिने बताइएको छ । साथै उद्योग संबन्धित सबै तालिम, गोष्ठी र पर्यटकीय गन्तव्य गराउने जयबहादुर कठायतले बताए ।

उनका अनुसार सिप विकास लातिम तथा रोजगार कार्यक्रम अन्तगत छोटो अवधिमा धेरै जुस र स्याउका चना कसरि बनाउने समेत सिकाइने छ। उक्त तालिमा ७ जना महिला र २ जना पुरुष सहभागी रहेको कठायतले बताए । यस कार्यक्रममा ९ जना सदस्य रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्