समाचार

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

६ असार २०७९, सोमबार १५:०५
एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ अध्यक्षमा पन्कज नेम्वाङ निर्वाचित भएका छन् ।

सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको मतदानमा उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन्।

नेम्वाङले ४५ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी शेर्पाले ३९ मत ल्याए। शेर्पा चार वर्षअघि पनि मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका थिए। शेर्पाले ६३ मत प्राप्त गर्दा कुँवरले १२ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्