मनोरञ्जन

सर्वाधिक धेरै कमाउने फिल्म ‘कबड्डी ४’ बन्यो

६ असार २०७९, सोमबार १५:००
सर्वाधिक धेरै कमाउने फिल्म ‘कबड्डी ४’ बन्यो

काठमाडौं । नेपालको सर्वाधिक धेरै कमाउने फिल्म ‘कबड्डी ४’ भएको छ ।   प्रदर्शनको २३ दिनमा २२ करोड ७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कमाइमा आइतबारको रकम जोडिएको छैन ।

‘कबड्डी ४’सँग सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड सुरक्षित छ, तर धेरै कमाउने फिल्मको कीर्तिमान कायम राख्न ‘बाहुबली २’को २३ करोड ग्रसलाई उछिन्नुपर्छ ।

कबड्डीको चौथो सिक्वेलले नेपाली बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने ‘बाहुबली २’को २३ करोड ग्रसलाई उछिन्ने संकेत देखिएको छ । दोस्रो सातामा फिल्मले ‘छक्कापञ्जा २’को २० करोड रेकर्डलाई उछिनेको थियो । यो फिल्म शुक्रबारदेखि भारत र सिंगापुरमा समेत रिलिज भएको छ । फिल्मका मुख्य कलाकार दयाहाङ राई उपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्