समाचार

वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

६ असार २०७९, सोमबार १४:४७
वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

६ असार, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले राष्ट्रिय समाचार समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ।

केही दिनअघि मात्र उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर तथा नाम गाली गरी हातपातसमेत गरेको अडियो बाहिरिएको थियो। मन्त्री आलेले ‘अब तैँले काम गर्न पर्दैन’ भनेको अडियोमा सुन्न सकिन्छ।

उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्