राजनीति

बालेन शाहले ल्याएको नीति तथा कार्यक्रमको कमल थापाले गरे प्रशंसा

६ असार २०७९, सोमबार ०६:५९
बालेन शाहले ल्याएको नीति तथा कार्यक्रमको कमल थापाले गरे प्रशंसा

६ असर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशंसा गरेका छन् ।

 उनले सामाजिक सञ्जालमार्फत नीति कार्यक्रमको प्रशंसामा शब्द खर्चिएका हुन् । उनले लेखेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक हो । तथापि काठमाडौंको समग्र विकासका लागि बालेन्द्र साहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसानीय छ ।’

काठमाडौँको समग्र विकासका लागि संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा महानगर प्रमुखले ध्यान दिएको आफूलाई राम्रो लागेको उल्लेख गर्दै अध्यक्ष थापाले कार्यान्वयनका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि, त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो । तथापि, काठमाडौँको समग्र विकासको निम्ति बालेन शाहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ । संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो । कार्यान्वयनको लागि शुभकामना ।’

No description available.

प्रतिक्रिया दिनुहोस्