समाचार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी

६ असार २०७९, सोमबार ०६:५१
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी

६ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

 गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

निगमले एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

गमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमले भने मासिक रुपमा अझै ४ अर्ब ७० करोड घाटा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्