समाचार

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेले पाए सफाइ

५ असार २०७९, आईतवार १५:३१
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेले पाए सफाइ

५ जेठ, काठमाडौं । दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फेसला सुनाएको हो ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार कम्पनी सञ्चालक पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिरमा साढे आठ अर्ब बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

जसमा पाण्डेविरुद्ध दुई वर्ष कैदसहित २ अर्ब १३ करोडको बिगो दाबी गरिएको थियो। पाण्डे २०७५ माघमा चार करोड धरौटीमा रिहा भएका थिए।

अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सिक्टामा पाण्डे प्रमुख रहेको सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माण ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्