राजनीति

विप्लप कार्यकर्ता भेट्न कालिकोट

५ असार २०७९, आईतवार १५:२१
विप्लप कार्यकर्ता भेट्न कालिकोट

५ जेठ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लप) कार्यकर्ता भेट्न कालिकोट पुगेका छन् ।

पार्टी प्रशिक्षणमा भाग लिन जुम्ला जाने क्रममा कालिकोटमा आफ्ना कार्यकर्तालाई समेत भेट गरेका छन् । विप्लप कारागार रहेका दुई जना कार्यकर्ता भेटघाट कारागार समेत पुगेका छन् ।

कालिकोटमा नरहरिनाथ गाउँपालिका ९ का दुर्गराज बोहोरा र जाजरकोटका पदम पुनलाई भेट गरेका छन् । रिहाइका लागि आफु र पार्टी लागि परेको बताएका छन् । उनी रिहाइको लागि कालिकोट समेत पुगेका छन् ।

तात्कालिक सरकार र आफु बीच भएको ३ बुँदे सहमति कार्यन्वयन नभएको उनले बताएका छन् । विप्लवका देशभर २ सय बढी कार्यकर्ता बिभिन्न केसमा कारागारमा रहेका छन् । सरकार र विप्लवका केहि कार्यकर्ता रिहाइ भएका छन् भने । अब देशभर ३५ जना कार्यकर्ता कारागार रहेका छन् ।

देश परिवर्तन गर्ने सयौं नेता कार्यकर्ता कारागारमा हुँदा आफु अशक्त भएको विप्लवले बताए ।

प्रतिक्रिया दिनुहोस्