मनोरञ्जन

प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

४ असार २०७९, शनिबार १५:५३
प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

४ जेठ, काठमाडौँ । २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ सुन्दरीलाई पछि पार्दै प्रियंकाले उपाधि हात पारेकी हुन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

 प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।

यस्तै मिस ब्युटिफुल हेयरको उपाधि भने रोज कँडेलले जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्