समाचार

मंसिर देखि रोजगारीको लागि इण्डिया जानु नपर्ने गाउँपालिकाका प्रमुख भिजन

४ असार २०७९, शनिबार १५:३२
मंसिर देखि रोजगारीको लागि इण्डिया जानु नपर्ने गाउँपालिकाका प्रमुख भिजन

४ असर, कालिकोट । जिल्लको महावै गाउँपालिकाका प्रमुख खेम बाहादुर सिंह (भिजन)ले गाउँबासिलाई अब मंसिर देखि रोजगारको इण्डिया जानु नपर्ने बताएका छन् ।

छौठौँ वडा सभा उद्घाटन समारोहमा बोल्दै प्रमुख भिजनले भने ” गाउँपालिकालाई कसरि राम्रो र हाम्रो बनाउने त्यो जनताको हातमा छ । तपाईहरु रोजगारीको लागि इण्डिया जानु हुन्छ । अब मंसिरदेखि रोजगारीको लागि इण्डिया जानु पर्दैन । किन भने तपाइँहरुले काम गरे बापत पैसा पनि पाउने सरकारलाई सहयोग पनि हुने । साथै हरेक युवालाई ६ महिनासम्म रोजगारीको व्यवस्था आफुले दिने  गाउँपालिका प्रमुख भिजनले बताएका छन् ।

गाउँपालिका प्रमुख भिजनले भने अब शिक्षामा सबैले लगानी गर्ने बताएका छन् । भवन र बिल्डिंग बन्दैमा शिक्षा गुणस्तर हुँदैन । हामी सबैले विद्यालयमा राजनीतिक र आपसी स्वार्थ पर राखी शिक्षक १५ दिन आउँछन् । १५ दिन आउँदैन । आखिर किन भन्दा हाम्रै व्यवस्थापनमा कमजोरी देखे । शिक्षकहरु जति विद्यालय आउनु हुन्छ । त्यो अनुसारको तालाब दिने व्यवस्था गर्ने । यसमा तपाईहरु पनि आफ्नो छोराछोरीलाइ निरन्तर स्कुल आएको नआएको ग्रह कार्य गरेको नगरेकोमा पनि आफुले जोड गर्नु पर्ने प्रमुख भिजनले बताए ।

साथै, अब देखि उपभोक्ता समिति गठन गर्दा वडा अध्यक्ष अथवा वडा सचिव नभई कोहो कसैले उपभोक्ता समिति बनाएमा उसले पैसा नपाउने प्रमुख भिजनले बताए ।

प्रतिक्रिया दिनुहोस्