राजनीति

रेशम चौधरीलाई भेट्न डिल्लीबजार जेलमै पुगे सिके राउत

३ असार २०७९, शुक्रबार १५:२५
रेशम चौधरीलाई भेट्न डिल्लीबजार जेलमै पुगे सिके राउत

३ असार, काठमाडौं ।  जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन् । भेटमा उनीहरुबीच आगामी चुनावमा मिलेर जाने विषयमा सहमति भएको  सिंहले जनाए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी आगामी चुनावमा मिलेर गठबन्धन तयारीमा रहेको जनाइएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल गर्न डा. राउतले चौधरीलाई भेटेका हुन् ।

असार २ गते काठमाडौंको डिल्लीबजार जेलमा चौधरीसँग भेटघाट गरेको र दुई पार्टी गठबन्धन गरी अगाडी बढ्ने कुरामा भएको छलफल सकारात्मक रहेको डा। राउतले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्