राजनीति

दाहालले हदै दर्जाको झूठ र बेइमानी कुरा गरे : अध्यक्ष ओली

३ असार २०७९, शुक्रबार १५:०६
दाहालले हदै दर्जाको झूठ र बेइमानी कुरा गरे : अध्यक्ष ओली

३ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन् ।

अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको सो प्रोग्राम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई बिर्सेर दाहालले झूठ र बेइमानीपूर्ण गरेको स्पष्टिकरण दिएका हुन् । २०७२ साल पुस ६ गते तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्री रहेका कोइरालाले मन्त्री स्तरीय निर्णय गराएर सो प्रक्रिया अघि बढाएको र सोही अनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदुतलाई पत्राचार गरेको ओलीको भनाई थियो । तर त्यो पत्रचारबारे आफूलाई कुनै पनि जानकारी नआएको अध्यक्ष ओलीले बताए ।

सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा अघि बढेको एसपीपीलाई आफ्नो सरकारले कार्यदल गठन अस्वीकार गरेको उनको दाबी छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले सुशील कोइराला प्रधानमन्त्री हुँदा पत्राचार भएर प्रचण्ड प्रधानमन्त्री बन्दा अघि बढेको सो प्रक्रियालाई आफ्नो पालामा कार्यदल गठन गरेर अस्वीकार गरिएको बताए ।

दूतावासलाई सेनापतिले नभएर परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयले पत्राचार गर्ने भन्दै उनले भने, ‘सामान्यतः सेनापतिले पत्र त्यसरी लेख्दैन, दूतावासलाई सेनापतिले होइन परराष्ट्र मन्त्रालयले, रक्षामन्त्रालयले लेख्ने हो । सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन ।’

प्रतिक्रिया दिनुहोस्