राजनीति

रवि लामिछाने काठमाडौंबाट चुनाव भिड्ने

२ असार २०७९, बिहीबार १५:४७
रवि लामिछाने काठमाडौंबाट चुनाव भिड्ने

२ असर, काठमाडौं । चर्चित कार्यक्रम सिधा कुराका प्रस्तोता रवि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन छोडेका छन् ।

लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।

लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई औपचारिक विदाइ गरे । लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि धेरै प्रश्न अनुत्तरित राखेका छन् ।

पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । निर्वाचन क्षेत्र पनि भनेका छैनन् । काठमाडौंमा बालेन्द्र साहले स्वतन्त्रबाट चुनाव जितेपछि रविले पनि हौसिएर उम्मेदवारी दिन लागेकोसमेत चर्चा छ ।

यद्यपि, रविले आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए । अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्