राजनीति

गठबन्धन र आफ्नै पार्टीभित्र सात प्रकारका समस्या: अध्यक्ष माधवकुमार नेपाल

३१ जेष्ठ २०७९, मंगलवार १३:४३
गठबन्धन र आफ्नै पार्टीभित्र सात प्रकारका समस्या: अध्यक्ष माधवकुमार नेपाल

३१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र ७ प्रकारको समस्या देखिएको औंल्याएका छन् ।

उनका अनुसार गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमान्दारिपूर्वक भोट नहाल्ने, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र गठबन्धनमा रहेका दलहरुमा सहकार्यको भावना कमजोर हुने समस्या देखिएको थियो ।

उनले चुनावका क्रममा पार्टिभित्र पनि ७ प्रकारको समस्या देखिएको उल्लेख गरेका छन् । नेता नेपालका अनुसार गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने, आफूलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाडमछाड गर्ने, तर गठबन्धन नहुने भएपछि उम्मेदवारी दिनै तयार नहुने प्रवृत्ति पार्टीभित्र देखिएको थियो ।

वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने समस्या पनि देखिएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

  

  

  

   

प्रतिक्रिया दिनुहोस्