समाचार

हिमचुलि कृषि सहकारी संस्थाको अध्यक्षमा पुन: महतारा निर्वाचित

३१ जेष्ठ २०७९, मंगलवार १०:०२
हिमचुलि कृषि सहकारी संस्थाको अध्यक्षमा पुन: महतारा निर्वाचित

३१ जेठ, कालिकोट । कालिकोटको सदरमुकाम मान्म खाँडाचक्र नगरपालिका स्थिर रहेको हिमचुलि कृषि सहकारी संस्थाको अध्यक्षमा पुन: काली बहादुर महतारा निर्वाचित भएका छन् ।

संस्थाको १३ओेै साधारण सभाबाट नव निर्वाचित पदाधिकारीहरु चयन गरिएका छन् । जसमा अध्यक्ष महतारा, उपाध्यक्ष सरोज बोगटी र दमिला शाही निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा पौरख बि.क र काेषाध्यक्षमा कृष्णकला पाण्डे निर्वाचित भएका छन् । लेखा समिति संयोजक बल बहादुर बुढा चयन भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्