मनोरञ्जन

आज प्रेमी शरदसँग इन्दिरा विवाह गर्दै

३१ जेष्ठ २०७९, मंगलवार ०९:४३
आज प्रेमी शरदसँग इन्दिरा विवाह गर्दै

३१ जेठ, काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले आज ‘मंगलबार’ विवाह गर्दैछिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन् । आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।

केही समय अघि उनले हेलिकोप्टर मार्फत सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्