समाचार

स्विमिङ पुलमा डुबेर शिक्षकको मृत्यु

३१ जेष्ठ २०७९, मंगलवार ०९:३८
स्विमिङ पुलमा डुबेर शिक्षकको मृत्यु

३१ जेठ, रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित बिगचियर रिसोर्टमा स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमाको न्यू लाइट बोर्डिङ स्कूलका एक शिक्षकको मृत्यु भएको छ ।

३० वर्षीय सन्दिप तिलोत्तमा नगरपालिका–१ शंकरनगरका बासिन्दा हुन् । उनी सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए। उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीस्रोतका अनुसार सन्दीपसँगै पौडी खेल्न गएका साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्