राजनीति

विद्यार्थीले पाठ्यपुस्तक नपाएपछि अनेरास्ववियू कालिकोटले शिक्षा विकास तथा समन्वय इकाई समक्ष ध्यानाकर्षण पत्र

३० जेष्ठ २०७९, सोमबार ११:३८
विद्यार्थीले पाठ्यपुस्तक नपाएपछि अनेरास्ववियू कालिकोटले शिक्षा विकास तथा समन्वय इकाई समक्ष ध्यानाकर्षण पत्र

३० जेठ, कालीकोट । जिल्लमा शैक्षिक सत्र वैशाख महिनामै सुरु भएता पनि विद्यालयमा तिन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक नपुगेपछि अनेरास्ववियू कालिकोटले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्लामा शैक्षिकसत्र सुरु भएकाे तीन महिना वितिसक्दा पनि अहिलेसम्म कुनै पनि विधालयमा पाठ्यपुस्तकहरू नपुगेकोमा अनेरास्ववियूले आपत्ति जनाएको छ।

विद्यार्थीले बारम्बार पाठ्यपुस्तकको बिषयमा सोधपुछ गर्दा सरोकारवाला निकाय गैरजिम्मेवार र मुख दर्शक भएर बसेको प्रति आपत्ति अनेरास्ववियूका केन्द्रीय स्थायी कमिटी सदस्य हिक्मतजंग मल्ल र अनेरास्ववियु कालीकोट जिल्ला कमिटी सह-सचिव किशोर आचार्यले बताएका छन् ।

अनेरास्ववियु कालीकोट जिल्ला कमिटी सह-सचिव किशोर आचार्य भन्छन् ” विगत दुई वर्षयता कोरोनाले थला परेको शिक्षा क्षेत्र बैशाख देखि सुरु हुने पाठ्यपुस्तक तिन महिना वितिसक्दा पनि यहाँ सरोकारवाला निकाय टुलुटुलु हेरेर बसेका छ । भौगोलिक विकटताका कारण यहाँको शिक्षा खस्केको छ । अव असर पहिलो हप्तामा हाम्रो मार्ग पुरा नभए हामी सडकमा उत्रिनेसमेत सह-सचिव आचार्यले चेतावनी दिएका छन् ।

शैक्षिक सत्र सुरु भएको तेस्रो महिना वितिसक्दा पनि विद्यालय र विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्नु विड्म्वना हो । विद्यार्थीले बारम्वार पुस्तकको विषयमा सोधखोज गर्दा सरोकारवाला निकाय गैर जिम्वेवार र मुखदर्शक भएर बस्नुमा हामी घोर आपति प्रकट गर्दछौँ । जिल्लाका सम्पूर्ण विद्यालय र विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्नयाउन हामी जोड्दार माग गर्दछौँ भनेर ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्