राजनीति

जिल्लाको बिकेन्द्रित पुजी संकलन गरेर एकीकृत बनाउदैं: संस्थापक काशीचन्द्र बराल

२९ जेष्ठ २०७९, आईतवार १७:०४
जिल्लाको बिकेन्द्रित पुजी संकलन गरेर एकीकृत बनाउदैं: संस्थापक काशीचन्द्र बराल

२९ जेठ, कालिकोट । हिमचुलि कृषि सहकारी संस्था जिल्लाको बिकेन्द्रित पुजी संकलन गरेर एकीकृत बनाउदै गरेको संस्थापक काशीचन्द्र बरालले बताएका छन् ।

हिमचुलि कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभामा कार्यकम भने स्थापनाकाल देखिनै बिभिन्न किसिमका चुनैती मोल्दै अघि बढेको बरालले बताए छन् । हामीले धेरै गर्न खोज्दाखोज्दै पनि केहि गर्न सकेनौं । केहि गरेका छौँ । भौगोलिक हिसाबका कारण बिभिन्न समस्याले हामीलाई बाँधेर राखेको छ । विगतका बर्षमा धेरै गर्न खोल्दा कति घाटा बेहोर्नु परेको थियो त्यो सबैलाई थाहा नै छ ।

अव जिल्लाको सबै बिकेन्द्रित पुजीलाई संकलन गरेर एकीकृत बनाउदै बिभिन्न चुनौती सामना गर्दै अहिले १३ वर्ष पुगेको पतै भएन उनले बताए । विगतको कमीकमजोरीलाई आत्मसात गर्दै अघिल्लोवर्षको भन्दा अझै सुधार र समधुर साथै बिभिन्न प्याकेज ल्याएर आउने समेत संस्थापक बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्