समाचार

हिमचुलि संस्थाका कर्मचारी सम्मानित

२९ जेष्ठ २०७९, आईतवार १६:३६
हिमचुलि संस्थाका कर्मचारी सम्मानित

२९ जेठ, कालिकोट । हिमचुलि कृषि सहकारी संस्थाबाट चार जना उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । कालिकोटमा हिमचुलि संस्थाले विगत १३ बर्ष देखि सेवा दिदै आएको छ ।

आज हिमचुलि संस्थाको १३ औं बार्षिक साधारणसभामा थिर्पू सेवा कार्यालय ब्यस्थापक, गोर्ख महतारा, फिल्ड सहायक शन्तोष भण्डारी, सरला बुढा र प्रतिमा रावललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै संस्थाको केन्दीय कार्यालयको भवन निर्माणमा विशेष भूमिका निभाएकोमा नार कामी, कलरको जिम्मेवारी लिएका अमित नथा, बिधुत जोडनबाट डील्ली आचार्य, फर्निचरतर्फ सुर्य बोहोरा र प्लास्टर डिजाइनतर्फ जिम्मेवारी लिएका भक्त थापालाई सम्मान गरिएको छ ।

संस्थाले पहिलो पटक भवन निर्माणमा विशेष भूमिका खेलेको भनेर उत्साहाको लागि हिमचुलि संस्थालाई जो -जोले आफुलाई सात सपोट गरेकोलाई सहयोग गरेकोलाई सम्मान गरेको छ। ।

साथै सहायक ब्यस्थापक स्वर्गीय सिंह बहादुर शाहीकी पत्नी रिता शाहीलाई संस्थाको तर्फबाट दुर्घटना बिमा दिएको छ । दुर्घटना बिमा उनकी पत्नी शाहीलाई संस्थाको तर्फबाट २० लाख रक प्रदान गरेको छ । २०७८ साल माघमा संस्थाको निर्माणधिन भवनको छातबाट खसेर मृत्यु भएको थियो । त्यस्तै संस्थाले आफ्ना कर्मचारीलाई निशुल्क दुर्घटना बिमा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्