राजनीति

हिमचुलि महिलाको मात्र नभई जिल्ला बासीको आशाको किरण रहेको छ- संयोजक शैलेन्द्र

२९ जेष्ठ २०७९, आईतवार १५:५९
हिमचुलि महिलाको मात्र नभई जिल्ला बासीको आशाको किरण रहेको छ- संयोजक शैलेन्द्र

२९ जेठ, कालिकोट । हिमचुलि कृषि सहकारी संस्था महिलाको मात्र नभई जिल्ला बासीको आशाको किरण भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कालिकोटका जिल्ला समन्यव समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र)ले बताए ।

आइतबार कालिकोटको सदरमुकाम मान्म खाँडाचक्र नगरपालिका वडा २ मा रहेको हिमचुलि कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभामा शुभारम्भ गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति, रास्कोट नगरपालिका पुर्व मेयर, संस्था सस्थापक कासिचन्द्र बरालले  सस्थाको १३ औं बार्षिक साधारणसभामा शुभारम्भ गरेका थिए ।

 हिमचुलि कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभामा बोल्दै उनले भने ” हिमचुलिले कालिकोटमा आर्थिक क्षेत्रमा कायापलट गरेको छ । संस्थाले महिला देखि युवासम्मलाई स्वरोजगार बनाएको छ । अझै यस्तै सेवा दिदै आउने छ भने आशा रहेको संयोजक शैलेन्द्रले बताए ।

प्रतिक्रिया दिनुहोस्