राजनीति

केन्द्रीय कमिटी पुनर्गठनको लागि अध्यक्ष नेपाल समक्ष ध्यानाकर्षण पत्र

२९ जेष्ठ २०७९, आईतवार १४:५२
केन्द्रीय कमिटी पुनर्गठनको लागि अध्यक्ष नेपाल समक्ष ध्यानाकर्षण पत्र

२९ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले पार्टी अध्यक्ष माधवकुमार नेपाल समक्ष केन्द्रीय कमिटी पुनर्गठनको  लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार पार्टी कार्यालयमा पुगेर अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुषाल, उपमहासचिव गंगाधर तुलाधर र विद्यार्थी ईन्चार्ज रामप्रमाद भट्टराईसमक्ष ध्यानाकर्षपत्र बुझाएको अनेरास्ववियू एक्मी कलेजकाका सचिव तथा अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य सागर आचार्यले बताएका छन् ।

ध्यानाकर्षपत्रमा भनिएको छ ” ३२ बर्षको उमेरहदबन्दी र पदाधिकारी रहन कम्तीमा स्नातक पूरा गरेको शैक्षिक योग्यता कायम गर्न तथा उमेर र शिक्षाको हदबन्दीले नेतृत्वबाट बिदा लिनुहुने सबैलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्न पनि ध्यनाकर्षणपत्रमर्फत आग्रह गरिएको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्