समाचार

हिमचुलि कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शुभारम्भ

२९ जेष्ठ २०७९, आईतवार ०७:३९
हिमचुलि कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शुभारम्भ

२९ जेठ, कालिकोट । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका स्थिर रहेको हिमचुलि कृषि सहकारी संस्थाको १३ औं बार्षिक  साधारणसभा शुभारम्भ भएको छ ।

आइतबार खाँडाचक्र नगरपालिका वडा २ मा रहेको हिमचुलि कृषि सहकारी संस्थाको सभा हलमा शुभारम्भ भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र), रास्कोट नगरपालिकाका निवर्तमान मेयर तथा हिमचुलि कृषि सहकारीका पुर्व अध्यक्ष कासीचन्द्र बराल, कालिकोट जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही (आदर्श) लगायत माओवादीका नेता कार्यकर्ता सहभागी रहेका छन् ।

साधारण सभाको अवसर पारेर सेयर सदस्यका उत्कृष्ठ अंक ल्याउने छाेरा छोरीहरु, संस्थामा नियमित बचत तथा ऋण कारोबार राम्रो गर्ने सेयर सदस्य,सेयर सदस्यका जेष्ठ अभिभावकहरुलाई पत्र सहित सम्मान गरिने छ।

संस्थाले हाल सम्म जम्मा १३ हजार ५ सय ४७ जना सेयर सदस्य बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्