समाचार

राउटे समुदायमा महिला बढी

१३ मंसिर २०७८, सोमबार ०२:३०
राउटे समुदायमा महिला बढी

मंसिर १३,सुर्खेत। कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका राउटे समुदायको पनि जनगणना गरिएको हो ।

कारागाउँमा बस्दै आइरहेका उनीहरुले शुरुमा जनगणना गराउन मानेका थिएनन् तर पछि भने जनगणना गराउन राजी भएका थिए । २०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरुको संख्या १ सय ४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ गरी जम्मा १ सय ४५ राउटे रहेका छन् भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

उनका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको हो । पछिल्लो चरणमा मृत्युुदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरुको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्