राजनीति

वडा अध्यक्ष धर्मराज ताम्राकार दिनप्रति दिन नयाँ चमत्कार

२९ जेष्ठ २०७९, आईतवार ०६:५५
वडा अध्यक्ष धर्मराज ताम्राकार दिनप्रति दिन नयाँ चमत्कार

२९ जेठ, कालिकोट । खाँडाचक्र नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित अध्यक्ष धर्मराज ताम्राकार दिनप्रति दिन नयाँ नयाँ चमत्कार गरेका छन् ।

उनले अहिले फूल रोप्ने काममा खटिएका छन् । फूल सुन्दरता, सजावट, स्वागत र वातावरण राम्रो बनाउनको आफुले फूल रोपेको अध्यक्ष धर्मराज ताम्राकारले बताए ।

पदभार ग्रहण गरेको दिन देखिनै जनताको सेवामा अहोरात्र खटिएका छन् । पदभार ग्रहण गरेकै दिनमै उनले फलोअप गरेका थिए । पहिलो काम खानेपानीका पाइपलाइन मर्मत गरेका थिए । दोस्रो काम फोहोर महिला व्यस्थापन, तेस्रो काम विद्यालय रिक्त पदको परिक्षामा चौथो काम अहिले फूल रोप्ने काममा खटिएका छन् ।

अध्यक्ष ताम्राकारले सामाजिक संजाल अर्थात् फेसबुकमा लेखेका छन् ” मैले रोपेको फुल बारीमा कसैको नजर नलागोस “

अध्यक्ष ताम्राकारले नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म,पूजापाठ,प्रेमालाप,कुनै वरिष्ट पाहुनाको स्वागत घर या वातावरणको जसावट र साजसज्जा सबैमा फूलको प्रयोग हुनाले आफुले खाँडाचक्रलाई फुल बारिमा बनाउने लक्ष्य रहेको उनले बनाए ।

अध्यक्ष ताम्राकारले भने स्वस्थ्य, शिक्षा, विद्युत र सडकसंगै अघिल्लो सरकारले गरेका कमि कमजोरीलाई निहाल्दै अझ सुधार बनाएर जाने बताए ।

प्रतिक्रिया दिनुहोस्