समाचार

काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युत‍्का तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

२९ जेष्ठ २०७९, आईतवार ०५:५७
काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युत‍्का तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

२९ जेठ, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्‌का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

आज बसेको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि, मेयर साहले प्रत्येक सोमबार काठमाडौंको विकासका लागि विद्युत् प्राधिकरण, उपत्यका खानेपानी लिमिटेड, सडक विभाग लगायतका निकायसँग प्रत्येक सोमबार समन्वयात्मक बैठक बस्ने घोषणा गरेका थिए ।

सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्