राजनीति

एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै

२९ जेष्ठ २०७९, आईतवार ०३:४६
एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै

२९ जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

महासचिवको अध्यक्षता रहने केन्द्रीय कार्यालयको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । यसअघि एमालेमा महासचिवको नेतृत्वमा सचिवालय रहने गथ्र्यो । पार्टी कार्यालयमा अपरान्ह बस्ने केन्द्रीय कार्यालय बैठकले चुनावपछि पहिलोपटक बस्न लागेको सचिवालय बैठकका लागि तयारी गर्नेछ ।

सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्