समाचार

कैलालीकी दुई किशोरी बेपत्ता

२९ जेष्ठ २०७९, आईतवार ०३:३६
कैलालीकी दुई किशोरी बेपत्ता

२९ जेठ, कैलाली। कैलालीका दुई किशोरी बेपत्ता भएकी छन् ।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगनिया बस्ने १६ वर्षीया बसन्ती बजगाई र करुणा खत्री बेपत्ता भएको आफन्तले बताएका छन् । कक्षा ८ मा अध्ययनरत करुणा र एसइई दिएर बसेकी बसन्ती यही जेठ २० गते रातिदेखि बेपत्ता भएकी हुन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्