राजनीति

एसिया युरोप राजनीतिक फोरमको अध्यक्ष एमाले नेता भट्टराई निर्वाचित

२८ जेष्ठ २०७९, शनिबार १५:१५
एसिया युरोप राजनीतिक फोरमको अध्यक्ष एमाले नेता भट्टराई निर्वाचित

२८ जेठ, काठमाडौं। एसिया युरोप राजनीतिक फोरमको अध्यक्षमा आगामी दुई वर्षका लागि नेकपा एमालेका विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निर्वाचित भएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागमा शनिवार सम्पन्न बैठकले एमाले नेता भट्टराईलाई अध्यक्ष चयन गर्दै आगामी वर्षको एसिया युरोप राजनीतिक फोरमको वार्षिक कार्यक्रम नेपालमा गर्ने निर्णय समेत भएको छ ।

विश्वभरका राजनीतिक दल सहभागी सो संगठनमा यसअघि नेपालबाट केपी ओली, झलनाथ खनाल र माधव नेपालले प्रतिनिधित्व गरिसकेका छन् भने अहिले डा. भट्टराई छन् । प्रागमको भेलामा करीव ३० देशका विभिन्न पार्टीका प्रतिनिधि सहभागी रहेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्