जीवनशैली

जाडोमा कसरी छालाको स्याहार गर्ने अपनाउनुहोस् यी तरिकाहरू

१३ मंसिर २०७८, सोमबार ०२:२२
जाडोमा कसरी छालाको स्याहार गर्ने अपनाउनुहोस् यी तरिकाहरू

काठमाडौं: जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ । जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन ।

तर केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ ।जाडो मौसममा छाला बढी सुख्खा हुने र खुम्चिने गर्छ । यो मौसममा छालालाई सुख्खा हुन नदिन मोइश्चराइज गर्नु आवश्यक हुन्छ । छालालाई मोइश्चराइज गर्न मोइश्चराइजर लगाउनु मात्र पर्याप्त हुँदैन । यो मौसममा छालालाई विभिन्न तरिकाले हेरचाह पनि गर्नुपर्छ ।

त्यसैले छालाको सुख्खापन र खुम्चिने पनलाई कम गर्न भिटामिन ई भएको मोश्चराइजर लगाउनु र अनुहारलाई दिनको दुई पटक राम्ररी सफा गर्नुपर्छ ।

के हुन्छ जाडोमा ?

जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउनेे, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चाया-पोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्दछ । विशेषगरी जाडोमा बढी देखिने रोगहरुमा एक्जिमा र डर्माडाइटिस, पोलीमफिर्क लाईट इरप्सन, पोरोसिस, पर्नासिस(हात खुट्टाका औला सुन्निएर निलो हुने ) आदी पर्दछन् ।

वैज्ञानिक रूपमा प्रमाणित सेरामाइडहरू सबै छालाका लागि उपयुक्त छन्, तेल र संवेदनशील छाला सहित। तिनीहरूले शान्त प्रभाव पार्छन् । रातो र जलन कम गर्दछन्। सेरामाइडका साथ प्रसाधन सामग्री मुँहासे उपचार को लागी उपयुक्त छ र एक विरोधी बुढेसकाल प्रभाव पार्छ । किनकि यसले छालाको सुरक्षात्मक गुणहरू बढाउन मात्र होइन तर यसको लोचलाई पनि कायम राख्न मद्दत गर्दछ। सेरामाइड क्रिमहरू नेत्र समोच्च देखभालको लागि पनि उपयुक्त छन्।

हामीले भनिहाल्यौ, जाडोमा वायुको आद्रता कम हुन्छ । यसले छालामा आवश्यक पानीको मात्रा पुग्दैन । त्यसले गर्दा छाला रुखो, सुख्खा देखिन्छ । यसबाहेक छालाको पत्र उप्किने, चिलाउने, सुन्निने, दागहरु आउने समस्या हुन्छ । यसबाट बच्नका लागि केहि घरेलु उपचार विधी अपनाउन सकिन्छ ।

  • चिसो मौसममा ओठलाई पनि बढी नै असर गरिरहेको हुन्छ । यो मौसममा ओठ बढी फुट्ने गर्छ । ओठलाई चिसो मौसममा फुट्न नदिन ओठको स्क्रब गर्नु पर्छ ।
  • चिसो मौसममा हावा सुख्खा र सूर्यको प्रकाशमा लामो समय बस्ने गरिन्छ । यसले छालालाई विभिन्न किसिमले नोक्सान गरिरहेको हुन्छ । यस्तो मौसममा लगाइने लोसन, क्रिम वा मोश्चराइजरमा एसपिएफ को मात्रा भएको लगाउनु राम्रो मानिन्छ । चिसो मौसममा छाला फुट्ने र बिग्रिने गर्छ त्यसैले यसको उपचारमा एसपिएफ भएको क्रिम, मोश्चराइजर र लोसन बढी उपयोगी देखिन्छ ।
  • चिसो मौसममा छालाको बाहिरी भागमा रहेका कोशिकाहरू मर्ने गर्छ । यसरी मरेका कोशिकाहरूलाई फेस स्क्रवको सहयोगमा हटाउने गर्नुपर्छ । यो प्रक्रियालाई एक्सफोलिएसन भनिन्छ यसले छालाको बाहिरी भागमा रहेको मरेको कोशिकालाई हटाएर छालालाई स्वस्थ बनाउन मद्दत गर्छ ।
  • चिसो मौसममा छाला बढी सुख्खा हुने गर्छ । यस्तो मौसममा चिल्लोपन बढी भएको मोइश्चराजरको प्रयोग गर्नु राम्रो हुन्छ । यसको प्रयोगले अनुहारमा लामो समयसम्म अरू किसिमका क्रिमहरू लगाउनु पर्ने आवश्यकता हुदैंन ।

 

प्रतिक्रिया दिनुहोस्