राजनीति

सुर्खेत जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार विजयी

२७ जेष्ठ २०७९, शुक्रबार ०९:३३
सुर्खेत जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार विजयी

२७ जेठ,सुर्खेत । सुर्खेत जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा एमाले/माओवादी गठबन्धनबाट एमालेका सुनार विजयी भएका हुन् । सुनाले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवाल निर्वाचित भएका छन । सदस्यहरुमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन् । यस्तै, माओवादीबाट शान्ति ताराम र तुलराम नेपाली निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्