समाचार

सुर्खेत जिससको मतदान जारी

२७ जेष्ठ २०७९, शुक्रबार ०७:११
सुर्खेत जिससको मतदान जारी

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारीे रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरुभएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ ।

९ वटा स्थानीय तह रहेको सुर्खेत जिल्लामा समन्वय नेतृत्वका लागि कांग्रेस एक्लो र एमाले र माओवादीले गठबन्धन गरेको छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरी उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले प्रमुख र केही सदस्य पदमा मात्र उम्मेदवारी दिएको छ । कांग्रेस जिल्ला सचिव देवकुमार सुवेदीले जिससका नौमध्ये पाँच पदमा मात्र उम्मेदवारी दिएको जानकारी दिए ।

यस्तै एमाले–माओवादीका तर्फबाट एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओदीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यहरूमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टमटाले उम्मेदवारी दिएका हुन् । यस्तै माओवादीबाट शान्ति ताराम र तुलबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दिएका हुन् ।

सुर्खेतमा ९ स्थानीय तहका १८ मतदाता छन् । तीमध्ये एमालेका ९, कांग्रेसका ८ र माओवादी केन्द्रका १ छन् ।

प्रतिक्रिया दिनुहोस्