समाचार

एमाले सचिवालय बैठक ३० जेठमा, भुसालमाथि कारबाहीको विषयमा छलफल हुने

२७ जेष्ठ २०७९, शुक्रबार ०५:३२
एमाले सचिवालय बैठक ३० जेठमा, भुसालमाथि कारबाहीको विषयमा छलफल हुने

२७ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ ।

सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक तय भएको छ ।

‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘२९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।’

स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि नेता घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणलगायत चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्