समाचार

सालडाँंडा देखि ताडीसम्मको सडक आरसिसिको जिल्ला संयोजक शैलेन्द्रद्वारा शिलान्यास

२७ जेष्ठ २०७९, शुक्रबार ०९:२४
सालडाँंडा देखि ताडीसम्मको सडक आरसिसिको जिल्ला संयोजक शैलेन्द्रद्वारा शिलान्यास

२७ जेठ,कालिकोट । खाँडाचक्र नगरपालिका वडा ४ मा माओवादी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र)द्वारा सडकको शिलान्यास गरेका छन् ।

सालडाँंडा देखि ताडीसम्मको कृषि सडकलाई आरसिसिको संयोजक शैलेन्द्र, निर्माण व्यवसायी गणेश आचार्य र जयरुप आचार्य तीन जनाले  संयुक्त रूपमा शिलान्यास गरेका छन् । सालडाँंडा देखि माथी करिब १२ सय मिटर आरसिसि हुने भएको छ । सडक डिभिजन अन्तरगत ठेक्का हो ।

संयोजक शैलेन्द्र र निर्माण व्यवसायी गणेश आचार्य र वडा अध्यक्ष प्रभानन्द आचार्यको बिशेष पहलले गर्दा सडक आरसिसि हुने भएको छ ।

संयोजक शैलेन्द्रले भने यहाँका जनता कृषिमा आबद्ध रहेका छन् । तर बजारसम्म फलफूल तथा तरकारी र आयआर्जन र स्वरोजगार बृर्दि गर्ने उदेश्यले यहाँको सडक आरसिसीको पहल गरेको बताए ।

बर्खाको बेला सडक बनाउदै गयो । पानीले चौतर्फी भत्काउदै जाने जस्ता धेरै चुनौतीलाई आत्मसात गर्दै आफुले जिम्मा लिएको निर्माण व्यवसायी तथा ठेकेदार गणेश आचार्यले बताएका छन् । आफुले धेरै ठाउँमा सडक, खेलकुद रंगशाला, पुल, भवन धेरै विकासका निर्माणका काम गरे । तर आफ्नो वडाको सडकको काहाली लाग्दो अवस्था देखेर पनि आफुले बर्खाको बेला यो चुनौती आत्मसात गरेको निर्माण व्यवसायी आचार्यले बताएका छन् ।

साथै संयोजक शैलेन्द्र र निर्माण व्यवसायी गणेश आचार्य र वडा अध्यक्ष पर्भानन्द आचार्यको पहलमा ताडी देखि बर्दिगाँउसम्मको सडक आरसीसी हुने भएको छ । सर्वसाधारण तथा किसान सडक पिच हुने खबर सुनेर धेरै उत्साहित भएका छन् । आज देखि नै कम सुचारु पनि गर्ने निर्माण व्यवसायी गणेश आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्