जीवनशैली

सोमबार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ ?

१३ मंसिर २०७८, सोमबार ०२:०८
सोमबार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ ?

काठमाडौं । जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।

हिन्दु धर्म अनुसार पनि मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । यसर्थ बार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।  त्यसैले सोमबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढछ भन्ने वारेमा बुझौ ।

 

यस्ता हुन्छ सोमबार जन्मेका मान्छेको स्वभाव र आचरण :

  • सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
  • सोमबार जन्मेका व्यक्तिहरु परिपक्क खालका हुन्छन् भने संवेदनशील पनि हुन्छन् यसकार उनीहरु चाडै नर्भस हुने गर्छन् ।
  • यो बार जन्मने व्यक्ति मृदुभाषी हुन्छन् । तर यो बार जन्मने व्यक्तिहरु निकै मुडी खालका हुन्छन् ।
  • सोमबार जन्मने व्यक्तिहरु आफ्नो परिवारसँग समय बिताउन रमाउने खालका हुन्छन् भने सम्बन्धलाई निकै महत्व राख्ने खालका हुन्छन् ।
  • यो बार जन्मने मानिसहरु अब्बल हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्ने गर्छन् ।
  • सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
  • पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुन्छन् ।
  • यो बार जन्मने व्यक्ति सबैलाई सम्मान गर्ने खालका हुन्छन् तर मुडी स्वभावले कहिलेकाही तनाव पनि दिने गर्छ ।
  • सोमबार जन्मेका मानिसहरुले चन्द्रमाको पुजा गर्नु राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्