राजनीति

जिससको प्रमुखमा गठबन्धनका अमर थापा सर्वसम्मत

२६ जेष्ठ २०७९, बिहीबार १३:३०
जिससको प्रमुखमा गठबन्धनका अमर थापा सर्वसम्मत

२६ जेठ, बागलुङ । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन्। थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन्।

जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख र उपप्रमुखसहित नौ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गङ्गाधर सापकोटाले बनाए ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा चार दलको सहभागिता छ। सदस्यमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्