समाचार

वडा अध्यक्ष प्रभानन्द आचार्यले एक बर्षमा गरेको प्रतिबद्धता तिन हप्तामै पूरा

२७ जेष्ठ २०७९, शुक्रबार ११:३९
वडा अध्यक्ष प्रभानन्द आचार्यले एक बर्षमा गरेको प्रतिबद्धता तिन हप्तामै पूरा

२७ जेठ,कालिकोट । खाँडाचक्र नगरपालिका वडा ४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले आफ्नो पहिलो प्रतिबद्धता पूरा गरेका छन ।

अध्यक्ष आचार्यले पहिलो एजेण्डा कृषि सडकलाई आरसिसि बनाउने प्रतिबद्धता पुरा गरेका छन् । पदभार ग्रहण गरेको तिन हप्तामै आफुले गरेको प्रतिबद्धता पुरा गरेका छन् । एक बर्षमा गरेको प्रतिबद्धता तिन हप्तामै पुरा गरेका छन्।

No description available.

तस्बिर: मिलन आचार्य

आज शुक्रबार प्रमुख अथिति तथा माओवादी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र), निर्माण व्यवसायी गणेश आचार्य र जयरुप आचार्य तीन जनाले  संयुक्त रूपमा शिलान्यास गरेका छन् । सालडाँंडा देखि माथी करिब १२ सय मिटर आरसिसि हुने भएको छ । सडक डिभिजन अन्तरगत ठेक्का हो ।

तस्बिर: मिलन आचार्य

तस्बिर: मिलन आचार्य

निर्वाचित वडा अध्यक्ष आचार्यले जिल्ला संयोजक शैलेन्द्र, निर्माण व्यवसायी आचार्यलाई सहयोगको लागि धन्यवादसमेत दिएका छन् । दुई जनाको विशेष पहलले गर्दा आफुले जनतासँग गरेको प्रतिबद्धता ३ हप्तामै पुरा बताए  ।

No description available.

तस्बिर: मिलन आचार्य

निर्वाचित भएको दिन देखिनै वडा अध्यक्ष आचार्य सडक अवलोकन गरेका थिए । यो सडकको अवस्था हेर्दा धेरै नै काहाली लागोर आयो । आफुले एक बर्षमा सडक आरसीसी गर्ने जनतालाई प्रतिबद्धता गरेको थिए । तर सबै भन्दा पहिला सडक आवश्यक लागेर अन्य योजना र एजेण्डालाई पछि सारी सडकलाई प्राथामिकता दिएको अध्यक्ष आचार्यले बताए । सथै योजक शैलेन्द्र, निर्माण व्यवसायी गणेश आचार्यको साथ सपोटले गर्द सडक ल्याउने मेरो पहल पूरा भएको अध्यक्ष आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्