खेलकुद

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

२६ जेष्ठ २०७९, बिहीबार ०९:०२
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

२६ जेठ, काठमाडौं । आइसीसी यु-१९ महिला टी-२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रन जोडिन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

मलेसियाको आयोजना भएको प्रतियोगितामा नेपाल, यूएई, थाइल्यान्ड, भुटान र कतारले सहभागिता जनाएका थिए । शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ को विश्वकप खेल्नेछ । छनोटमा यूएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थाइल्यान्ड र यूएईबीचको विजयी टोलीले विश्वकपमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्