समाचार

छोरीलाई बलात्कार गरेको आरोपमा एक वडा सदस्य पक्राउ

२६ जेष्ठ २०७९, बिहीबार ०८:४८
छोरीलाई बलात्कार गरेको आरोपमा एक वडा सदस्य पक्राउ

२६ जेठ, बारा । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचित वडा सदस्यलाइ प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा वडा सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्